कोरोना संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १७ गते १३:३८
कोरोना संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु

१७ कात्तिक, २०७७ चितवन । कोरोना संक्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु भएको छ ।

चितवनको भरतपुर अस्पतालमा दुई जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । मृतक भरतपुर महानगरपालिका–१० का ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका–३ की ६१ वर्षीया महिलाको रहेको अस्पतालले जनाएको छ ।

मृतक पुरुषमा यही कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि हिजो मात्रै अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्य थप जटिल बन्दै गएपछि कोभिड आईसीयूमा राखेर उपचार गरिएको थियो ।

यसैगरी भरतपुर अस्पतालमै उपचाररत धादिङकी महिलाको पनि आज बिहान मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि यही कात्तिक ५ गते उनी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् ।

उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कात्तिक ९ गते कोभिड आईसीयूमा राखी उपचार गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *