सर्लाहीमा बालिकामाथि भारतीयद्वारा बलात्कार र हत्या प्रयास, यसरी बचिन् बालिका

हिमालय टिभी
२०७७ कार्तिक १६ गते १८:२८
सर्लाहीमा बालिकामाथि भारतीयद्वारा बलात्कार र हत्या प्रयास, यसरी बचिन् बालिका

१६ कात्तिक, २०७७ सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा बालिकाको बलात्कार र हत्या प्रयास भएको छ ।

खेतमा घाँस काट्न जाँदा आफूमाथि जबरजस्ती करणी हुन लागेपछि प्रतिकारमा उत्रिँदा पर्सा गाउँपालिका–५ का रामईश्वर महतोकी छोरी १२ वर्षीया सुगन्धी कुमारीमाथि हँसिया प्रहार भएको हो ।

बालिकाको घाँटी र हातमा चोट लागेको छ । आक्रमण गर्ने सीमावर्ती गाउँ भारतको सीतामढी इनर्वाका १६ का २५ वर्षीय मुकेश मुखियालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् ।

मुकेशलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखेर सोधपुछ भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानमा भारतीय युवकले बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको देखिएको डीएसपी कुँवरले बताउनुभयो । जिल्ला अस्पताल मलङ्गवामा उपचारपछि बालिकालाई परिवारले घर लगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *