Main News

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध सर्वोच्चमा न्यायलयको अपहेलना मुद्दा दर्ता (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १६ गते १८:१९
प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध सर्वोच्चमा न्यायलयको अपहेलना मुद्दा दर्ता (भिडियोसहित)

१६ कात्तिक, २०७७ काठमाडौं । न्यायालयको अवहेलना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी निवेदन दर्ता भएको छ ।

कोरोना संक्रमणको शंकामा परीक्षण र संक्रमण भएमा उपचार निःशुल्क हुनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला उल्लंघन गरेकोमा उहाँहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता भएको हो ।

अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले अदालतको अवेहलनाको निवेदन दर्ता गर्नुभएको हो ।

गत असोज २७ गते सर्वोच्च अदालतले कोरोना परीक्षणका क्रममा सरकारी स्वास्थ्य निकायमा कुनैपनि शुल्क नलिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।

सर्वोच्चले कोरोना संक्रमणसँग जोडिएका सबै सेवा ‘आधारभूत स्वास्थ्य सेवा’को परिभाषाभित्र पर्ने भन्दै तिनलाई पनि निःशुल्क गर्न आदेश दिएको थियो । तर त्यो आदेश विपरित सरकारले कोरोना परीक्षण र उपचारमा शुल्क लिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *