Political Hightlights

कर्णालीका मुख्यमन्त्री शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्ने

हिमालय टिभी
२०७७ कार्तिक १६ गते १२:४३
कर्णालीका मुख्यमन्त्री शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्ने

१६ कात्तिक, २०७७ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्ने हुनुभएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी भएको हो ।

अध्यक्ष ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरण मन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी भएको छ ।

बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करवीर शाही र अमरबहादुर थापा छन् ।

कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने खुलेको छैन । मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले अघोषित रुपमा पद त्यागेको जानकारी सामाजिक सन्जालमार्फत् दिनुभएको छ ।

रावलले फेसबुकमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्‍याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्ने सबैप्रति ऋणी भएको उल्लेख गर्नुभएको छ ।

यसअघि नै मुख्यमन्त्री शाहीले कुर्मराज शाहीलाई सचेतक नियुक्त गर्नु भएको छ भने अविश्वासको प्रस्ताव अगाडि बढाउने गुलाबजंग शाहीलाई प्रमुख सचेतकबाट हटाएर सीता नेपालीलाई नियुक्त गर्नु भएको छ ।

यो प्रकरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्ष एक ठाउँमा आएपछि कर्णाली प्रदेशमा ओली पक्ष अल्पमतमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्