पर्सामा पनि देखियो पशुहरुमा लाग्ने लम्पी स्किन रोग, सरोकारवाला निकाय बेखबर (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १५ गते २०:२३
पर्सामा पनि देखियो पशुहरुमा लाग्ने लम्पी स्किन रोग, सरोकारवाला निकाय बेखबर (भिडियोसहित)

१५ कात्तिक, २०७७, वीरगञ्ज । नेपालमा पहिलोपटक साउनमा पत्ता लागेको पशुहरुमा देखिने लम्पी स्किन रोग पर्सामा पनि देखिन थालेको छ । पशुहरुमा यो रोग देखिएसँगै गाईभैंसीमा विभिन्न समस्या देखिने गरेको छ ।

लम्पी स्किन रोग लागेका पशुको शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, गाई भैंसीले दुध नदिने र पशु मर्नेसमेत गर्छन् । तराईका जिल्लामा लामखुट्टे, भुसुना र झिंगाबाट सर्ने यो रोग पहिलो पटक साउनमा देखिएको थियो । अहिले पर्साको सौरभ गाई फार्मका गाईमा यस्तै समस्या देखिन थालेको छ । सौरभ गाई फार्मका गाईले बिरामी भएसँगै दुध पनि घटाएका छन् ।

श्री लक्ष्मीनारायण पशुपालन फार्मका गाई र भैंसीमा पनि यस्तै समस्या देखियो । गाई भैंसीका शरीरमा गिर्खा आउने र घाउ हुने समस्या देखिएसँगै फार्मका सञ्चालक चक्रधारी दाहालले प्राविधिकलाई जानकारी गराउनुभयो । उहाँले यो रोग नयाँ भएको र कुनै पनि औषधि नभएको जानकारी पाउनुभएको छ । त्यसैले यो पशुमा देखिएको रोग कसरी निको हुन्छ भन्ने चिन्ता उहाँलाई छ ।

पशुमा देखिएको रोग सरुवा रोग हो । यसको कुनै पनि औषधि छैन । त्यसैले पशुहरुको ढवानीमा सावधानी अपनाउन, झिंगा र लामखुट्टेबाट बचाउन, पानी जम्न नदिन र जडिबुटीको प्रयोग गर्न प्राविधिकहरुले किसानहरुलाई सल्लाह दिएका छन् ।

यो रोग भारत र बङ्गलादेशमा गत वर्षदेखि नै देखिएको थियो । नेपालका पशुमा देखिएको पनि चार महिना बितिसकेको छ । तैपनि कृषि मन्त्रालय लगाएतका सरोकारवाला निकायले पशुहरुमा देखिएको यो समस्यालाई खासै चासो दिएका छैनन् । यसरी सम्बन्धित निकाय नै मौन रहँदा किसानहरुको लगानी ढुब्ने खतरा बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *