सकियो दशैंः यसकारण नाचिएन सरायँ नाच (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १५ गते २०:१२
सकियो दशैंः यसकारण नाचिएन सरायँ नाच (भिडियोसहित)

१५ कात्तिक, २०७७ गुल्मी । लुम्बिनीका पहाडी जिल्लामा तरबार नचाएर खेलिने सरायँ नाच प्रचलित छ । दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म मन्दिर र देवालयमा यो नाच नाच्ने गरिन्छ । तर यो वर्ष भने कोरोना महामारीले सरायँ नाच हुन सकेन ।

सरायँ नाच दशैंंका बेला पश्चिम नेपालका केही भागमा नाचिने पूरानो संस्कृति बोकेको मनोरञ्जनात्मक नाच हो । गुल्मीका धुर्कोट, अर्जै, अमंरपुर, इस्मामैदान, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगालगायतका स्थानमा हुने सरायँ नाच हेर्न ठुलो भीड लाग्ने गरेको थियो । तर यसपटक कोरोना महामारीका कारण सरायँ नाच नहुँदा मन्दिर तथा देवालय सुनसान बने । जसले गर्दा शक्तिपीठमा हुने आम्दानी पनि घटेको छ ।

दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म परापूर्वकालदेखि सरायँ नाच हुने गरेको अनुमान छ । पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडाएर यो नाच नाचिन्छ । यसवर्ष कोरोना महामारी फैलन नदिन प्रशासनले निषेधाज्ञा जारी गरेकाले सरायँ हुन सकेन ।

सरायँ नाच गुल्मी, अर्घाखाँची, कपिलवस्तु, प्युठान, दाङका विभिन्न कोट र शक्तिपीठमा हुने गरेको छ । यसरी नाच्दा देवी प्रसन्न हुने धार्मिक विश्वास छ । तर यसपटक कोरोना महामारीको प्रभाव अन्य क्षेत्रसँगै सरायँ नाचमा पनि परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *