समाज

कब्रस्तानमै अन्तिम संस्कार गर्न प्रशासनको अनुमति

हिमालय टिभी
२०७७ कार्तिक १५ गते १७:४५
कब्रस्तानमै अन्तिम संस्कार गर्न प्रशासनको अनुमति

१५ कात्तिक, २०७७ कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रस्तानमै अन्तिम संस्कार गरी शव व्यवस्थापन गर्न अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा शनिवार भएको छलफलपछि कैलालीका मुस्लिम समुदायलाई कब्रस्तानमै अन्तिम संस्कार गरी शव व्यवस्थापन गर्न अनुमति दिएको हो ।

प्रशासनमा भएको छलफलमा सहमति भएपछि दुई दिनदेखि घरमै रहेको शव व्यवस्थापन गरिएको छ । प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रतिनिधिहरुले मुस्लिम समुदायलाई शव व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउने र अहिलेको स्थानमा शव व्यवस्थापन गर्न नदिने बताएपछि आफुहरुले दुईदिनदेखि घरमै रहेको शवको व्यवस्थापन गर्न अनुमति दिएको आन्दोलन संघर्ष समितिका संयोजक धन बहादुर कोलीले बताउनुभयो ।

यसअघि बिहीबार कोरोना संक्रमित एक महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्तीबीचमै रहेको कब्रस्तानमा गाडेको थियो । त्यसपछि कोरोना संक्रमतिको शव मानव बस्ती नजिकै गाडिएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका थिए ।

कोरोना संक्रमित महिलाको शवलाई बस्तीबीचको कब्रस्तानमा गाडेपछि स्थानीयहरुले कब्रस्तान बन्दको माग गर्दै गेटबाहिर तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *