कोरोना संक्रमित महिलाको शव गाडिएको कब्रस्तान शिल (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १४ गते १९:१६
कोरोना संक्रमित महिलाको शव गाडिएको कब्रस्तान शिल (भिडियोसहित)

१४ कात्तिक, २०७७, धनगढी । कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ मा पर्ने कब्रस्तान शिल गरिएको छ ।

बिहीबार कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बिचमै रहेको कब्रस्तानमा गाडेपछि स्थानीयले विरोध गरेका थिए ।

विवाद बढेर कुनै सहमति हुन नसकेपछि कब्रस्तान सिल गरिएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले जानकारी दिनुभयो ।

यससँगै अन्य मृतकको शव व्यवस्थापन हुन सकेको छैन् । दुवै मिर्गौलाले काम गर्न छाडेपछि आज बिहान मृत्यु भएका धनगढी उपमहानगरपालिका–१, का ५० वर्षीय मोहम्मद जमसेदको शव व्यवस्थापनमा समस्या भएको छ । तर आन्दोलनरत पक्षले भने कब्रस्तान सधैका लागी बन्द हुनुपर्ने माग गरेको छ ।

मानववस्ती सँगैको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

शवबाट कोरोना संक्रमण नहुने भएपनि उनीहरुले शव निकालेर अन्यत्रै व्यवस्थापन गर्न माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *