Main News

३५१७ कोरोना संक्रमित थपिए, थप १६ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १४ गते १६:२५
३५१७ कोरोना संक्रमित थपिए, थप १६ जनाको मृत्यु

१४ कात्तिक, २०७७ काठमाडौं । नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ५ सय १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ती मध्ये १ हजार ८ सय ८८ जना अर्थात ५३ दशमलव ६८ प्रतिशत काठमाण्डौ उपत्यकामा भेटिएका छन् । काठमाडौंमा १५ सय ८ जना ललितपुरमा २ सय ४९ र भक्तपुरमा १ सय ३१ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै मोरङमा २ सय ५५, सुनसरीमा १ सय ३७, झापामा १ सय ३४, रुपन्देहीमा १ सय २० कास्की १ सय १२, चितवनमा १ सय २३, मकवानपुरमा ८०, काभ्रेपलाञ्चोकमा ७३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । पछिल्लो १६ सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना सहित एक लाख २८ हजार ९ सय ५८ जना संक्रमण क्वारन्टिनमा २ हजार ६ सय ६६ जना र आइसोलेसनमा ३८ हजार ३ सय ५७ छन् ।

देशभर भेन्टिलेटरमा ७१ जना छन् भने आइसीयुमा ३ सय जनाको उपचार भैरहेको छ । नेपालमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ३ सय ५७ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *