Main News

चितवनमा दुई र रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १४ गते १३:१०
चितवनमा दुई र रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

१४ कात्तिक, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणबाट चितवनमा दुई तथा रुपन्देहीमा थप एक जना पुरुषको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज चितवनमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृतक मध्ये एक जना चितवनका र अर्का रुपन्देहीका हुन् ।

चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुषको आज बिहान मृत्यु हो । यही कात्तिक ११ गते अस्पताल भर्ना भएका उनको १२ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ वर्षीय पुरुषको पनि संक्रमणका कारण मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका उनको गएराति निधन भएको अस्पतालले जनाएको छ ।

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा आज विहान मृत्यु भएको हो ।

यही कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरमा उपचार भइरहेको थियो । मृतक उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगी रहेको अस्पतालको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *