Main News

नेपालमा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, थप १७ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १३ गते १६:३३
नेपालमा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि, थप १७ जनाको मृत्यु

१३ कात्तिक, २०७७ काठमाडौं । करोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर गरी ९ सय ४ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप १७ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भने २ हजार ३६४ जना थपिएका छन् ।

काठमाडौं उपत्यकामा १६१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०४ महिला र ९११ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा १ लाख ६४ हजार ७१८ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ परीक्षणहरु गरिएका छन् ।

२४ घण्टामा जम्मा ९ हजार ७६९ पीसीआर परीक्षण भएका छन् । हाल मुलुकका विभिन्न भागमा रहेका क्वारन्टिनमा २ हजार ६८९ जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न स्थानमा रहेका आइसोलेशनमा ३८ हजार ९५२ जना रहेका छन् ।

५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा कैलाली, दाङ, रुपन्देही, नवलपरासी, कास्की काभ्र, चितवन, झापा, मोरङ, सुनसरीसहित उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *