Political Hightlights

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २१ गते बस्ने

हिमालय टिभी
२०७७ कार्तिक १३ गते १३:१८
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २१ गते बस्ने

१३ कात्तिक, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको कात्तिक २१ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

यसअघि दुई पटकसम्म मिति तोकेर स्थगित भएको बैठक कात्तिक २१ गते बस्ने गरी बोलाइएको छ । बैठक कात्तिक २१ गते दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

यसअघि असोज १९ गतेका लागि बोलाइएको बैठक केही नेताहरुलाई कोरोना संक्रमण भएपछि २५ गतेका लागि सारिएको थियो, तर त्यो बैठक पनि बस्न सकेको थिएन ।

कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाका निर्णयलाई लिएर विवाद चर्किरहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल लगातार देउवाका कदमको विरोध गर्दै विभाग गठनलगायतका निर्णय फिर्ता गर्न माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्