Main News

खेतमा फालिएको अवस्थामा भेटियो स्मार्ट चालक अनुमतिपत्र

हिमालय टिभी
२०७७ कार्तिक १३ गते १३:१४
खेतमा फालिएको अवस्थामा भेटियो स्मार्ट चालक अनुमतिपत्र

१३ कात्तिक, २०७७ धनुषाधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा स्मार्ट सवारी चालक अनुमति पत्र धान खेतमा फालिएको अवस्थामा फेला परेको छ ।

यातायात व्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ खेतमा धान काट्न गएका महिलाले फेला पारेका हुन् ।

उनीहरुले लाइसेन्स संकलन गरेर यातायात कार्यालयलाई नै दिएका छन् । यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि प्रश्न उठेको छ ।

यातायात कार्यालय जनकपुरधामका अधिकृत वीरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्वीकार्दै ३ सय थान जति लाइसेन्स भेटिएको जानकारी दिनुभयो ।

कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्ने उहाँले बताउनुभयो । यातायात कार्यालय जनकपुरधामका हरेक कोठामा रहेका कागजातमा दलाल र बिचौलियाले सहजै प्रवेश पाउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *