Main News

नेपालमा थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि, थप ११ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १६:३२
नेपालमा थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि, थप ११ जनाको मृत्यु

१२ कात्तिक, २०७७ काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ५४ जना संक्रमित भएका छन्। योसँगै संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ ।आज देशभर ११ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार २ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै ८ सय ४३ संक्रमित थपिएका छन् । काठमाडौंमा ६ सय ९६, भक्तपुरमा २९ र ललितपुरमा १ सय १८ जनालाई कोरोना संक्रमण देखिएको छ ।

देशभर २ हजार ९ सय ८१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै १ लाख २१ हजार ८ सय २४ जना संक्रमणमुक्त भएका छन । देशभर ३९ हजार ६ सय ४३ जना सक्रिय संक्रमित छन् ।

हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ३९ हजार ६४३ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *