Main News

मदन पुरस्कार विजेता खनालको ८८ वर्षको उमेरमा निधन

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १३:३७
मदन पुरस्कार विजेता खनालको ८८ वर्षको उमेरमा निधन

१२ कात्तिक, २०७७ काठमाडौं । तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ ।

कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको हिजो बेलुकी काठमाडौँ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिनुभएको छ ।

मधुमेह र दमको बिरामी खनालको घरमै उपचार भइरहेको थियो । मदन पुरस्कार विजेता दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायतले किताब लेख्नुभएको छ ।

तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गर्नुभएको थियो । खनालका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

काठमाडौँमा निधन भएका खनालको विदेशमा रहेका छोरा नेपाल आएपछि पूर्व इच्छाअनुसार देवघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *