Main News

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४.१ प्रतिशतः स्वास्थ्य मन्त्रालय

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १३:१६
नेपालमा कोरोना संक्रमणमुक्त हुनेको  संख्या ७४.१ प्रतिशतः स्वास्थ्य मन्त्रालय

१२ कात्तिक, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४ दशमलव १ प्रतिशत नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा एक लाख १८ हजार ८ सय ४३ जनाले कोरोनालाई जितेको मन्त्रालयको भनाइ छ ।

प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४ सय ७८, वाग्मतीमा ५७ हजार ९ सय ५५, गण्डकीमा पाँच हजार ७ सय ६०, लुम्बिनीमा १४ हजार ५ सय १०, कर्णालीमा चार हजार ६ सय २० र सुदूरपश्चिममा आठ हजार ४ सय ९१ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा तीन हजार १ सय ६८ जना कोरोनामुक्त भएका छन् । हिजो २ हजार ७ सय २५ जनाको नमूना परीक्षणमा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली र सुदूरपश्चिममा मंगलबार संक्रमित भेटिएनन् । दशैंका बेला स्वाब परीक्षण कम भएकाले संक्रमित पनि कम भेटिएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६० हजार ४ सय पुगेको छ । त्यस्तै ४० हजार भन्दा बढी सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बारे जानकारी दिन हरेक दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि फेरि शुरु गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *