खेलकूद

आइपीएलमा दिल्लीलाई ८८ रनले हराउँदै हैदराबाद विजयी

हिमालय टिभी
२०७७ कार्तिक १२ गते १२:१४
आइपीएलमा दिल्लीलाई ८८ रनले हराउँदै हैदराबाद विजयी

१२ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ ।

आइपीएको पछिल्लो खेलमा हैदराबादले दिल्ली क्यापिटल्समाथि ८८ रनको शानदार जित निकालेको हो । २ सय २० रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १९ औं ओभरमा १ सय ३१ रनमै अलआउट भयो ।

दिल्लीका लागि ऋषभ पन्तले ३६, अजिंक्या राहानाले २६ तथा तुषार देशपाण्डेले २० रन बनाए । बलिङमा हैदराबादका राशिद खानले ३ तथा संदीप शर्मा र टी नटराजनले समान दुईदुई विकेट लिए । राशिद खानले ४ ओभर बलिङ गर्दै मात्र ७ रन खर्चिएर तीन विकेट लिए ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङ गरेको हैदराबादले २० ओभरमा मात्र दुई विकेटको नोक्सानीमा २ सय १९ रन बनाएको थियो । हैदराबादका लागि रिद्दिमान शाहाले ८७ तथा कप्तान डेविड वार्नरले ६६ रन बनाए ।

त्यस्तै मनिष पाण्डे ४४ रनमा अविजित रहे । यो हारसँगै दिल्ली तालिकाको तेस्रो स्थानमा झरेको छ ।

प्रतियोगिता अन्तर्गत आज शीर्ष स्थानको मुम्बई इण्डियन्स र दोस्रो स्थानको रोयल च्यालेञ्जर्स बेंग्लोरबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्