Main News

कोरोना महामारीयता १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किए

हिमालय टिभी
२०७७ कार्तिक ११ गते १३:०५
कोरोना महामारीयता १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किए

११ कात्तिक, २०७७ काठमाडौं । कोरोना भाइरस सङ्क्रमणपछि १ लाख २२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांकअनुसार १ लाख २२ हजार ५ सय ६३ नेपाली हवाइ उडानमार्फत् स्वदेश फर्किएका हुन् ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेकाहरु स्वदेश फर्किएका हुन् । सरकारले विदेशमा रोजगारी गुमाएका तथा नेपाल आउनै पर्नेहरुलाई नेपाल आउन दिने गरेको छ ।

अहिलेसम्म ३२ देशबाट नेपाली फर्किएका छन् । स्वदेश फर्किनेमध्ये धेरै खाडीका देश पुगेकाहरु रहेका छन् ।

हिजो कतारबाट ३ सय ७४ जना, यूएईबाट १ सय ३४ जना, साउदीबाट १ सय ६३ जना स्वदेश आइपुगेका छन् । तथ्याङक अनुसार कोरोना महामारीपछि सबैभन्दा धेरै यूएईबाट ३५ हजार ४ सय १७ जना देश फर्किएका छन् ।

त्यसपछि कतारबाट २२ हजार ५ सय ९४, मलेसियाबाट १७ हजार ९ सय २४ जना र साउदी अरेबियाबाट १७ हजार १ सय ६० जना आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *