Main News

दशैंमा चिनियाँ राजदूतको रेश फिरीरीदेखि भारत र अमेरिकी राजदूतको शुभकामना (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १० गते २०:०१
दशैंमा चिनियाँ राजदूतको रेश फिरीरीदेखि भारत र अमेरिकी राजदूतको शुभकामना (भिडियोसहित)

१० कात्तिक, २०७७ काठमाडौं । बडादशैं नेपालीहरुको महान चाड हो । यो दिन नेपाली हिन्दूहरुले भब्यताका साथ टीका जमरा लगाएर मान्यजनहरुबाट आशिर्वाद लिएर मनाउने गर्छन् । तर यो पटक भने नेपालीको महान चाडमा विदेशी मित्र राष्ट्रहरुले पनि शुभकामना दिएर आत्मीयता दर्शाएका छन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत रेशम फिरिरी… गाउँदै दशैंको शुभकामना दिनु भएको छ । ट्विटरमा गीत गाउँदै गरेको भिडिओ राखेर नेपाली भाषामै दशैंको शुभकामना दिँदै राजदूत होउले आत्मीयता दर्शाउनुभएको छ । दशैंले सबैमा शौभाग्य र खुसी ल्याओस् भन्ने उहाँको शुभकामना छ । भिडिओ सेयर गर्दै उहाँले ट्विटरमा भन्नु भएको छ, मेरा सहकर्मी र मैले नेपाली गीत रेशम फिरिरी अभ्यास गर्‍यौं र अन्तमा हामी गाउन सफल भएका छौं।

भिडियोमा नेपालका हिमाल, संस्कृति लगायत पर्यटन गन्तव्यहरू देखाइएको छ।

भारतीय राजदूत विनयमोहन क्वात्राले पनि नेपाली भाषामै दशैंको शुभकामना दिनुभएको छ । दशैंले नेपालीको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भन्ने उहाँको कामना छ ।

ट्वीट गर्दै भारतीय राजदूत क्वात्राले भन्नु भएको छ, ‘असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयदशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना । यस चाडले तपाई र तपाईको परिवारलाई राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओसस् ।’

भारत र चीन मात्र होइन महाशक्ति राष्ट अमेरिकाका राजदूत रेन्डी बेरीले पनि दशैको शुभकामना दिनुभएको छ । नेपाली भाषामै ट्वीट गर्दै राजदूत बेरीले भन्नु भएको छ, २०७७ सालको विजया दशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं। सबैको दशै सुखद् र उमंगमय होस् ।

चीन, अमेरिका र भारत नेपालका सहयोगी मित्र राष्टसँगै ठूला शक्ति राष्ट पनि हुन । भूराजनीतिक अवस्थितिले पनि नेपाल यी मुलुकहरुको चासोमा छ । नेपाली भाषा, संस्कृति, चाडपर्वमा उनीहरुले देखाएको निकटता त्यसैको थप संकेत हो । किनकी पछिल्ला दिनमा उनीहरुका यस्ता गतिविधि र चासो बढिनै रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *