Main News

लकडाउनमा रोजगारी गुमाएका नागरिकलाई खुलामञ्चमा टीका र दक्षिणसहित खाना

हिमालय टिभी
२०७७ कार्तिक १० गते १५:१३
लकडाउनमा रोजगारी गुमाएका नागरिकलाई खुलामञ्चमा टीका र दक्षिणसहित खाना

१० कात्तिक, २०७७ काठमाडौं । कोरोना र लकडाउनका कारण रोजगारी गुमाएका नागरिक दशैंको दिन पनि सडकमै खाना खोज्न बाध्य देखिएका छन् । काठमाडौंको खुलामञ्चमा आज पनि खाना खानेको भीड लागेको देखिएको छ ।

लक डाउन शुरु भएदेखि निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले उनीहरुका लागि खाना र टीकाको व्यवस्था गरेको हो । दशैंका दिन पनि सडकमा खाना खोज्न बाध्य नागरिकले सरकार कहाँ छ भनेर आक्रोश व्यक्त गरेका छन् ।

हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्तले कोरोना संक्रमणका कारण रोजगारी गुमाएकाहरु काममा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने बताउनुभयो । दशैंमा घर गएर आमाबुवाको हातको आशिर्वाद भन्दा पनि भोकाहरुको पेट भर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

हाम्रो टिम नेपालले लकडाउन शुरु भएपछि समस्यामा परेकाहरुलाई खाना खुवाउँदै आएको छ । आज विजया दशमीको दिन कोरोना भाइरसका कारण विगत वर्ष जस्तो हर्सोल्लास छैन् ।

विश्वव्यापी कोरोना महामारीको चपेटामा परेको नेपालमा पछिल्लो समय संक्रमणको जोखिम बढिरहेको छ । उपत्यकामा संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *