Main News

गुरु खेमचन्द्र ढकालबाट राष्ट्रपति भण्डारीद्वारा दशैंको टीका ग्रहण

हिमालय टिभी
२०७७ कार्तिक १० गते १२:४५
गुरु खेमचन्द्र ढकालबाट राष्ट्रपति भण्डारीद्वारा दशैंको टीका ग्रहण

१० कात्तिक, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण गर्नुभएको छ । उहाँले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले छोरी ज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिनुभयो ।

अघिल्ला वर्षमा जस्तो सरकार प्रमुख र राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम भने यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *