Main News

पर्सा हत्याकाण्डका दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन प्रचण्डको माग

हिमालय टिभी
२०७७ कार्तिक ९ गते १९:०२
पर्सा हत्याकाण्डका दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन प्रचण्डको माग

९ कात्तिक, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ ।

आज विज्ञप्ति निकालेर प्रचण्डले दोषी जोसुकै भए पनि कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको हो ।

कात्तिक ६ गते नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको सपथ ग्रहण समारोहमा नेकपाकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका मुकेशको भोलिपल्ट मृत्यु भएको थियो ।

नेकपाको पर्सा जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवले विज्ञप्ति निकालेर चौरसियालाई शहीद घोषणा गर्न र हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेकोमा प्रचण्डले त्यसलाई समर्थन गर्नुभएको छ ।

हत्याको घटनामा प्रहरीले जाहेरी लिन आनाकानी गरेको भन्दै प्रचण्डले कारबाही अघि बढाउन माग गर्नुभएको छ । चौरसियाको हत्यामा संलग्नलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *