Main News

कोरोना कहरः दशैंको टीकामा मास्क लगाऔं, दूरी कायम गरौं (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ९ गते १८:१२
कोरोना कहरः दशैंको टीकामा मास्क लगाऔं, दूरी कायम गरौं (भिडियोसहित)

९ कात्तिक, २०७७ काठमाडौं । कोरोनाका कारण दूरी बढाउनु, मास्क प्रयोग गर्नु र भिडभाडमा नजानु अत्यन्तै आवश्यक छ । दशैंमा टीका थाप्दा र पारीवारिक जमघट हुँदा धेरै जनासँग भेटघाट हुने भएकाले संक्रमण बढ्ने सम्भावना छ । यस्तो अवस्थामा संक्रमण हुनबाट जोगिन के कस्तो सावधानी अपनाउने त ?

अहिले एउटा गीत चर्चित छ, सोचेझै जिन्दगी रैनछ । कोरोना संक्रमणका कारण अहिले धेरैलाई यो गीतमा भनेजस्तै भएको छ । र अहिले पोहोरपरार जस्तै दशैं मनाउने अवस्था छैन । कोरोना संक्रमणको त्रासकै कारण पहिले जस्तो अहिले घर जानेको भीड यसपाली भएन ।

अहिले लक्षण नै नभएका कोरोना संक्रमित धेरै छन् । अर्थात सोच्दै नसोचेको र एक पटक पनि हाँछ्यूसमेत नगरेको र ज्वरोसमेत नआएको मान्छेमा पनि कोरोना संक्रमण देखिएको छ । त्यसैले यस्तो बेला परिवार र साथीसँग घुलमिल हुनु हुँदैन भने मास्क लगाउन पनि बिर्सनु हुँदैन ।

थोरै सही तर पनि शहरबाट मानिसहरु गाउँ गएका छन् । उनीहरुसँगै जोखिम पनि गाउँगाउँमा पुगेको छ । त्यसैले दशैं मनाउन घर पुगेकाले पनि विशेष सावधानी अपनाउनु आवश्यक छ ।

अहिले लक्षण नै नभएका कोरोना संक्रमित धेरै छन् । अर्थात सोच्दै नसोचेको र एक पटक पनि हाँछ्यूसमेत नगरेको र ज्वरोसमेत नआएको मान्छेमा पनि कोरोना संक्रमण देखिएको छ । त्यसैले यस्तो बेला परिवार र साथीसँग घुलमिल हुनु हुँदैन भने मास्क लगाउन पनि बिर्सनु हुँदैन ।

घरमा जेष्ठ नागरिक, बालबालिका हुनेहरुले त झन बढी सचेत हुनु आवश्यक छ । बालबालिका जेष्ठ नागरिकसँग टाढा हुने, लामो समयसम्म छेउमा नबस्ने गरे संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ । यता दशैंमा घर जाने र रहने जो कोहीले यसमा ध्यान दिनु आवश्यक छ ।

सही तरिकाले मास्क लगाउँदा, दूरी कायम गर्दा कोरोना संक्रमणबाट जोगिन सकिन्छ । दशैंमा यी कुरामा ध्यान दिन र एकअर्काको ख्याल गर्न विज्ञको सुझाव छ । कोरोना संक्रमण फैलिन दिने कि नदिने त्यो हाम्रै व्यवहार पनि भरपर्छ । त्यसैले विज्ञको सुझाव र सरकारले बनाएका नियम पालना गरौं । संक्रमणबाट आफू पनि जोगिउँ र अरुलाई पनि जोगाउँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *