Main News

काठमाडौं उपत्यकाका शक्तिपीठहरु सुनसान, केहीमा बाहिरैबाट दर्शन (फोटो फिचर)

हिमालय टिभी
२०७७ कार्तिक ९ गते १५:२८
काठमाडौं उपत्यकाका शक्तिपीठहरु सुनसान, केहीमा बाहिरैबाट दर्शन (फोटो फिचर)

९ कात्तिक, २०७७ काठमाडौं । नवरात्रका बेला राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण धेरै मन्दिर बन्द छन् ।

प्रसिद्ध शक्तिपीठका रूपमा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर चैतदेखि नै बन्द छ । नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि यस वर्ष केही भक्तजनले बाहिरबाटै दर्शन गरेका छन् ।

पशुपति क्षेत्रकै जयवागेश्वरीलगायत शक्तिपीठमा पनि बाहिरबाटै भक्तजनले दर्शन गरिरहेका छन् । केही मन्दिरमा साङ्लो लगाएर एकरएक जना मात्र दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

काठमाडौंको कालिकास्थान मन्दिर भने भौतिक दूरी कायम गरेर खुला राखिएको छ । भद्रकाली मन्दिर भक्तजनका लागि बन्द गरिएको छ । बन्द गरिए पनि केही भक्तजन भने दर्शन एवं सवारी साधन पूजा गर्न भन्दै भद्रकाली परिसरमा जम्मा हुने गरेका छन् ।

सङ्कटा मन्दिर, महाङ्काल मन्दिर, नक्साल भगवती, शोभा भगवती बन्द छन् । कङ्केश्वरी मन्दिर, रक्तकाली, श्वेतकाली, चामुण्डा, विजेश्वरीलगायत मन्दिरमा दुरी कायम गर्दै सीमित भक्तजनलाई दर्शन गर्न दिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *