Main News

कर्णाली प्रदेशले कोरोना परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्ने

हिमालय टिभी
२०७७ कार्तिक ८ गते १६:५०
कर्णाली प्रदेशले कोरोना परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्ने

८ कात्तिक, २०७७ सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्ना नागरिकको पीसिआर परीक्षण र कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ।

संघीय सरकारले नागरिकलाई कोरोना परीक्षण र उपचार आफैं गर्न भनिरहेका बेला प्रदेश सरकारले भने परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।

आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।

संघीय सरकार पछि हटेपनि यसअघि नै लुम्बिनी, गण्डकी र प्रदेश १ ले संक्रमितको निशुल्क उपचार गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *