Main News

कपिलवस्तुको महाराजगंज नगरपालिकामा पोखरीमा डुबेर दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक ८ गते १३:४१
कपिलवस्तुको महाराजगंज नगरपालिकामा पोखरीमा डुबेर दुई जनाको मृत्यु

८ कात्तिक, २०७७। कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिकामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

शनिबार बिहान पूजाका लागि कमलको फूल टिप्न गएका दुई युवा महाराजगञ्ज नगरपालिका वडा ५ मा रहेको मतखनवा पोखरीमा डुबेर मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका वडा ५ का ३२ वर्षीय अशोक कुमार पाठक र २६ वर्षीय करम हन्स पाठक रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनु भयो ।

बिहानै पूजाका लागि फूल टिप्न गएका उनीहरु पोखरीमा डुबेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमै मृत्यु भएका दुबैको शव पोष्टमार्टका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *