खेलकूद

इंग्लिस प्रिमियर लीगमा एष्टन भिल्लाविरुद्ध लिड्स युनाइटेडको जित

हिमालय टिभी
२०७७ कार्तिक ८ गते ७:३५
इंग्लिस प्रिमियर लीगमा एष्टन भिल्लाविरुद्ध लिड्स युनाइटेडको जित

८ कात्तिक, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिड्स युनाइटेड विजयी भएको छ ।

प्रिमियर लीग अन्तर्गत लिड्सले एष्टन भिल्लालाई ३–० गोलले हराएको हो । भिल्लाको घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी भएपनि लिड्सले दोस्रो हाफमा तीन गोल गर्न सफल भएको थियो ।

लिड्सको जितमा पेट्रिक बामफोर्डले ह्याट्रिक पूरा गरे । उनले ५५औं, ६७ औं र ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक बनाएका थिए । जितसँगै लिड्स तेस्रो स्थानमा उक्लिएको छ ।

लिड्सले ६ खेलबाट १० अंक जोडेको छ । उता जारी लीगमा पाँचौ खेलमा आएर भिल्लाको विजयी यात्रा टुंगिएको छ भने उसले शीर्ष स्थानमा पुग्ने मौकासमेत गुमाएको छ ।

५ खेलबाट १२ अंक जोड्दै भिल्ला तालिकाको दोस्रो स्थानमा कायमै छ । समान पाँच खेलबाट १३ अंकसहित एभर्टन शीर्ष स्थानमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्