Main News

नेपालमा थप ४४९९ जना कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक ७ गते १६:३८
नेपालमा थप ४४९९ जना कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु

७ कात्तिक, २०७७ काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ९९ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८ सय ६३ जनाको पिसिआर परीक्षण भएकोमा ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या एक लाख ५ हजार ४ सय ८८ पुगेको छ । देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन् । मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६८ दशमलभ ९ प्रतिशत रहेको छ ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै मृतकको संख्या ८ सय २९ पुगेको छ ।

मन्त्रालयका अनुसार ३ हजार ५ सय ९० जना क्वारेन्टाइनमा छन् । नेपालमा ४६ हजार ६ सय ९१ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *