Main News

मुख्यमन्त्री पौडेललाई थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौँ ल्याइयो

हिमालय टिभी
२०७७ कार्तिक ७ गते १६:१६
मुख्यमन्त्री पौडेललाई थप उपचारका लागि  हेलिकोप्टरमा काठमाडौँ ल्याइयो

७ कात्तिक, २०७७, काठमाडौं । कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि काठमाडौं ल्याइएको हो ।

मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । एक दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंँडा अस्पतालका चिकित्सकद्वारा पौडेलको उपचार गरिएको थियो ।

नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौंँ ल्याइएको पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ । एकदिनअघि मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *