Main News

मध्यपुर थिमी नगरपालिकामा नगरप्रमुख र प्रशासकीय अधिकृतबीच विवाद बढ्दो

हिमालय टिभी
२०७७ कार्तिक ७ गते १५:४५
मध्यपुर थिमी नगरपालिकामा नगरप्रमुख र प्रशासकीय अधिकृतबीच विवाद बढ्दो

७ कात्तिक, २०७७, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालबीच विवाद बढेको छ ।

विवादकै कारण मेयर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत रिजाललाई फिर्ता गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गर्नुभएको छ ।

सम्पदा पुनःनिर्माणलगायत उपभोक्ता समितिमार्फत भएका कामको भुक्तानी नदिई दुःख दिएको, आन्तरिक राजनीतिक गतिविधिमा सहभागी भएको र अनुचित आर्थिक लाभमा सहभागी भई नगरपालिकाका काममा असहयोग गरेको आरोप रिजालमाथि लगाउनुभएको छ ।

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना प्रतिकार्यका लागि एक करोड रुपैयाँ निकासा गर्ने निर्णयविरुद्ध भूमिका खेलेको, समयमै रकम नदिई कोरोना संक्रमित नगरवासीको उपचारमा असहयोग गरेको र कार्यपालिका बैठक बस्नै नदिन भूमिका निर्वाह गरेको आरोप पनि रिजालमाथि छ ।

तर प्रमुख प्रशासकीय अधिकृत रिजालले भने यी सबै आरोपको खण्डन गर्नुभएको छ । उपभोक्ता समितिका नाममा भएका कामको भुक्तानी दिन कार्यपालिका बैठकले निर्णय नगरेको र व्यक्तिगत रुपमा काममा लगाएर भुक्तानी मागेकाले रोकिएको रिजालको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *