Main News

दशैंका बेला कोरोनासम्बन्धी मिडिया ब्रिफिङ नहुने

हिमालय टिभी
२०७७ कार्तिक ७ गते १३:४१
दशैंका बेला कोरोनासम्बन्धी मिडिया ब्रिफिङ नहुने

७ कात्तिक, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धी जानकारीमूलक मिडिया ब्रिफिङ दशैंका बेला नहुने भएको छ ।

कोरोनाका बारे जानकारी दिन प्रत्येक दिन मन्त्रालयले गर्दै आएको पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगित भएको छ ।

दशैं पर्वका कारण पत्रकार सम्मेलन कात्तिक ११ गतेसम्मका लागि स्थगित गरिएको मन्त्रालयले जनाएको छ । अब कात्तिक १२ गतेदेखि नियमित पत्रकार सम्मेलन हुने र थप परिमार्जन हुने बताइएको छ ।

तर कोरोनाका बारे सामाजिक सञ्जालबाट भने जानकारी तथा सूचना नियमित उपलब्ध गराइने छ ।

मन्त्रालयले २ सय ५६ दिनदेखि लगातार कोरोनाबारे नियमित पत्रकार सम्मेलन गर्दै आइरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *