आर्थिक

बजारमा खसीबोकाको माग बढेपछि कुपन प्रणाली लागू

हिमालय टिभी
२०७७ कार्तिक ७ गते १२:४९
बजारमा खसीबोकाको माग बढेपछि कुपन प्रणाली लागू

७ कात्तिक, २०७७ काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा खसीबोकाको माग बढेपछि कुपन प्रणाली लागू गरेको छ ।

आज चार सय खसीबोका बिक्री गर्न हिजो बिहानै कुपन बाँडिसकेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिनुभयो । अब कुपन लिएकाले मात्रै खसीबोका पाउनेछन् ।

कम्पनीले बजारमा भन्दा प्रतिकिलो एकसय रुपैयाँ सस्तोमा खसीबोका बिक्री गरेको छ । सस्तो र स्वस्थकर भएकाले खसीबोका प्रति सर्वसाधारणको आकर्षण बढेको पाइएको छ ।

माग अझै रहेकाले कम्पनीले थप चार सय खसीबोका ल्याएर बेच्न लागेको हो । दशैँलाई लक्षित गरेर कम्पनीले सोमबारदेखि खसीबोका उपत्यकामा बिक्री सुरु गरेको थियो । यो वर्ष च्याङ्ग्रा भने बिक्रीका लागि नल्याइएको कम्पनीले जनाएको छ ।

यसैबीच खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र डीडीसीले उपत्यकासहित देशका विभिन्न ६८ स्थानमा सञ्चालन गरेको सहुलियत मूल्य पसल आजदेखि पाँच दिन बन्द गर्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *