Main News

भारतीय गुप्तचर प्रमुख गोयलसँग भेट नगरेको तीन पूर्व प्रधानमन्त्रीको दाबी

हिमालय टिभी
२०७७ कार्तिक ७ गते ८:२४
भारतीय गुप्तचर प्रमुख गोयलसँग भेट नगरेको तीन पूर्व प्रधानमन्त्रीको दाबी

७ कात्तिक, २०७७ काठमाडौं । तीन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ रअका प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता नभएको स्पष्ट पारेका छन् ।

प्रचण्ड र नेपालको सचिवालयले प्रेस नोट तथा देउवाको सचिवालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएर ‘रअ’ प्रमुखसँग भेटवार्ता नभएको बताएका हुन् ।

प्रचण्डको सचिवालयका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटाले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आमजनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपिल गर्दछु ।

त्यस्तै, वरिष्ठ नेता नेपाल र उहाँका स्वकीय सचिव मोहन गौतमले पनि विज्ञप्तिमार्फत भ्रममा नपर्न अनुरोध गर्नु भएको छ । ‘

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चारमाध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचार प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यसप्रकारका समाचारबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ,’ गौतमको विज्ञप्तिमा छ ।

कांग्रेस सभापति देउवाको सचिवालयले पनि ‘रअ’का प्रमुख गोयलसँग देउवाको भेटवार्ता नभएको स्पष्ट पारेको छ ।

देउवाका स्वकीय सचिव भानु देउवाले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री देउवासँग गोयलको भेटवार्ता भएको खबर निराधार भएको बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *