खेलकूद

आइपीएलमा हैदराबादसँग राजस्थान ८ विकेटले पराजित

हिमालय टिभी
२०७७ कार्तिक ७ गते ८:०७
आइपीएलमा हैदराबादसँग राजस्थान ८ विकेटले पराजित

७ कात्तिक, २०७७ काठमाडौं । युएईमा जारी इण्डियन प्रिमियर लीग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले अर्को चरण प्रवेशको सम्भावना कायमै राखेको छ ।

आइपीएल अन्तर्गत गएराति हैदराबादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ । मनिष पाण्डे र विजय शंकर चम्किएपछि १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो। पाण्डे ८३ तथा शंकर ५२ रनमा अविजित रहे ।

बलिङमा राजस्थानका जोफ्रा आर्चरले २ विकेट हात पारे । यसअघि दुबईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । उसका लागि सञ्जु स्यामसनले ३६ तथा बेन स्कटोक्सले ३० रन बनाए ।

बलिङतर्फ हैदराबादका ज्यासन होल्डरले तीन विकेट लिए । जितपछि हैदराबाद तालिकाको पाँचौं स्थानमा उक्लिंदा राजस्थान सातौं स्थानमा पुगेको छ ।

प्रतियोगिता अन्तर्गत आज साविक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्