Main News

क्लिन फिड लागू भएसँगै उपभोक्तालाई आर्थिक भार

हिमालय टिभी
२०७७ कार्तिक ६ गते १९:०४
क्लिन फिड लागू भएसँगै उपभोक्तालाई आर्थिक भार

६ कात्तिक, २०७७ काठमाडौं । सरकारले विदेशी च्यानलको प्रशारण विज्ञापनरहित बनाएसँगै उपभोक्तामा थप आर्थिक भार थपिने भएको छ ।

नेपाल सरकारको नीति अनुसार विदेशी सशुल्क च्यानलले साविकको मूल्यमा विज्ञापनरहित विषयवस्तु प्रशारण गर्न नसक्ने बताएका छन् । सुविसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले विज्ञापनरहित प्रशारण हुन थालेपछि ग्राहकले कम्तिमा २५ प्रतिशत थप शुल्क तिर्नुपर्ने अवस्था आउने बताउनुभयो ।

यस्तै केही च्यानल भने बन्द नै हुने उहाँले बताउनुभयो । सरकारले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन देखाउन नपाउने व्यवस्था भोलिदेखि लागू गर्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *