दशैं विदाका कारण विराटनगरमा स्वाब संकलन बन्द

हिमालय टिभी
२०७७ कार्तिक ६ गते १८:३५
दशैं विदाका कारण विराटनगरमा स्वाब संकलन बन्द

६ कात्तिक, २०७७ विराटनगर । दशैं बिदाका कारण आजदेखि विराटनगरमा स्वाब संकलन बन्द भएको छ ।

कोरोना परीक्षणका लागि विराटनगर महानगरपालिकाले संकलन गर्दै आएको स्वाब संकलन आजदेखि ६ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

दशैंको विदामा कोशी अस्पताल विराटनगरले कोरोना जाँच नगर्ने बताएपछि स्वाब संकलन रोक्नु परेको विराटनगर महानगरपालिकाको भनाइ छ ।

यससँगै विराटनगर महानगरपालिकाले जैन भवन र मोबाइल भ्यानबाट गर्ने स्वाब संकलन कात्तिक १२ गतेसम्मका लागि रोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *