Main News

वायुसेवा निगमको बेथिति र अराजकता रोक्न १६ बुँदे निर्देशन जारी

हिमालय टिभी
२०७७ कार्तिक ६ गते १८:३१
वायुसेवा निगमको बेथिति र अराजकता रोक्न १६ बुँदे निर्देशन जारी

६ कात्तिक, २०७७ काठमाडौं । नेपाल वायुसेवा निगमको बेथिति र अराजकता नियन्त्रणका लागि १६ बुँदे निर्देशन जारी गरिएको छ ।

निगममा अनुशासनहीनता बढ्दै गएको भन्दै सुधारका लागि नवनियुक्त महाप्रबन्धक प्रकाश पौडेलले कडाईका साथ अनुशासनका आधारभूत नियम पालना गर्न निर्देशन जारी गर्नुभएको हो ।

निर्देशनमा प्रवक्ता र सहप्रवक्ताले निगम, विभाग, महाशाखा वा शाखा जहाँबाट पनि सोझै सूचना माग भएमा २० मिनेटभित्र उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

अहिले पनि निगमलाई सुधार्न नसके कहिल्यै नसकिने भन्दै महाप्रवन्धक पौडेलले त्रिभुवन विमानस्थल अन्तरगत निगमका कामको छड्के जाँच गर्ने काम पनि शुरु गर्नुभएको छ ।

महाप्रवन्धक पौडेलले जारी गरेको निर्देशनमा निगमले तोकेको कार्यलय समय विहान १० बजे सबै कर्मचारी कार्यालय पुग्नुपर्ने, खाजा समय ३० मिनेट मात्र हुने, कार्यालयमा हाजीर गरी बाहिर गएमा अनुशासनहिनताको कार्वाही गर्ने उल्लेख छ ।

यस्तै पोशाक र परिचय पत्र नलगाई कार्यालय गएमा कर्मचारीको नाम सुरक्षा अधिकारीलाई टिपाउन र एक महिनामा चार पटकभन्दा वढी यस्ता हेलचेक्राइँ गरेमा कार्यालय प्रवेशमै रोक लगाउन पनि सम्बन्धित विभागलाई निर्देशन दिइएको छ ।

विना काम अबेरसम्म बसेर निस्केकै भरमा ओभरटाइम गणना नगर्न र एक घण्टा भन्दा कम ओभरटाइमको गणना नगर्न पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *