विश्वमा थपिए एकैदिन ४ लाख ३७ हजार बढी कोरोना संक्रमित

हिमालय टिभी
२०७७ कार्तिक ६ गते ७:४८
विश्वमा थपिए एकैदिन ४ लाख ३७ हजार बढी कोरोना संक्रमित

६ कात्तिक, २०७७ काठमाडौं । पछिल्लो समय विश्वभर हालसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा विश्वभर हालसम्मकै बढी ४ लाख ३७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

यसअघि अक्टोबर १६ तारिखमा एकैदिन ४ लाख १४ हजार भन्दा बढी संक्रमित भएका थिए । सबैभन्दा बढी अमेरिकामा ६३ हजार भन्दा बढी संक्रमित थपिए ।

त्यस्तै भारतमा ५६ हजार तथा ब्राजिलमा २५ हजार भन्दा बढी मानिसमा संक्रमण भएको छ । अमेरिकामा संक्रमित संख्या झण्डै ८६ लाख नजिक पुगेको छ ।

त्यस्तै भारतमा कोरोना संक्रमित हुने ७७ लाख तथा ब्राजिलमा ५३ लाख नाघेका छन् । पछिल्लो केही दिन उता युरोपमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको छ ।

यस्तै बुधबार विश्वमा ६ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा १ हजार १ सय ८५, भारतमा ७ सय ३ तथा ब्राजिमा ५ सय ७१ जनाले ज्यान गुमाए ।

त्यस्तै अहिलेसम्म विश्वमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड भन्दा बढी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *