Main News

आज देवी कात्यायनीको पूजा आराधना गरेर मनाइँदै

हिमालय टिभी
२०७७ कार्तिक ६ गते ७:३४
आज देवी कात्यायनीको पूजा आराधना गरेर मनाइँदै

६ कात्तिक, २०७७ काठमाडौं । नेपाली समाजमा भव्यताका साथ मनाइने बडादशैंको छैटौं दिन, आज देवी कात्यायनीको पूजा आराधना गरिँदैछ ।

माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि, दानलगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएको शास्त्रहरुमा उल्लेख छ । माता कात्यायिनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ ।

उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन् । उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ । देवी कात्यायनीको पूजाआराधनाका लागि आज देवीमन्दिर, शक्तिपीठ तथा दशैंघरहरुमा भक्तहरुको उपस्थिति रहेको छ ।

रोना संक्रमणका कारण देशभरका शक्तिपीठहरुमा नित्य पूजा मात्र गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *