दशैंं नजिकिएसँगै बाँकेमा सुरक्षा व्यवस्था कडा, यस्तो छ प्रहरीको योजना (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ५ गते २०:१४
दशैंं नजिकिएसँगै बाँकेमा सुरक्षा व्यवस्था कडा, यस्तो छ प्रहरीको योजना (भिडियोसहित)

५ कात्तिक, २०७७, बाँके । चाडपर्वका बेला भिडभाडमा लुटपाट, चोरी, डकैती, झैझगडा हुन नदिन बाँके प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना अघि सारेको छ । नेपालगन्ज र कोहलपुर बजारको मुख्य चोकमा घटना हुना साथ परिचालन हुने क्युआरटी टोली राखिएको छ ।

बाँकेमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नेपालगन्जको जमुनाहा नाकामा प्रहरीको तालिम प्राप्त कुकुरबाट चेक गर्न थालिएको छ । भारतबाट नेपाल प्रवेश गर्ने मानिसले विस्फोटक पदार्थ, साना हतियार र लागु औषध ल्याउन सक्ने आँकलन गरेर सीमा नाकामा प्रहरीको तालिम प्राप्त कुकुरबाट जाँच गर्न थालिएको हो ।

भारतबाट नेपाल आउने यात्रुलाई बाटोमा नै बेहोश बनाएर लुटपाट गर्ने जस्ता घटना नियन्त्रणका लागि सीमावर्ती भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरिएको छ ।

यस्तै राजमार्गमा सवारी साधनको चेकिङ गर्ने, सादा पोशाकमा प्रहरी परिचालन गर्ने , प्रहरीलाई मोटरसाइकल र पैदल गस्ती बढाउने सिसिटिभीबाट निगरानी गर्न थालिएको छ । नेपालगन्ज र कोहलपुर बजारको मुख्य चोकमा घटना हुदा साथ परिचालन हुने क्युआरटी (क्वीक रेस्पोस टिम) टोली राखिएको छ ।

क्युआरटी टोलीसँग मोटर साइकल र गाडीसहित सुरक्षाकर्मी तयारी अवस्थामा हुन्छन् । कुनै घटना भएको खबर पाएको एक मिनेटभित्रै क्युआरटी टोली परिचालन हुने गरी व्यवस्था गरिएको छ ।

चाडपवए लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन बाँके प्रहरीले जिल्लाभरमा ६ सय ५० जना प्रहरी परिचालन गरेको छ । मादक पदार्थ सेवन गरी हो होल्ला गर्ने , जुवा तास खेल्ने , तिब्र गतिमा सबारी साधन चलाउने, क्षमता भन्दा बढी यात्रु ओसार्ने सबारी साधनलाई कडाइका साथ नियन्त्रण गर्ने बाँके प्रहरीको तयारी छ । कुनै पनि शंकास्पद घटना भएमा तत्काल प्रहरीलाई खबर गर्न बाँके प्रहरीले आग्रह गरेको छ ।

बाँके प्रहरीले नेपालगन्जको जमुनाहा नाकालगायत बढी भिडभाड हुने ६ वटा स्थानमा प्रहरी हेल्प डेक्स स्थापना गरेको छ । दशैं, तिहार र छठसम्मै हेल्प डेक्स रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *