Main News

मानव अधिकार उल्लंघन गर्नेमाथि मुद्दा चलाउन माग

हिमालय टिभी
२०७७ कार्तिक ५ गते १८:५६
मानव अधिकार उल्लंघन गर्नेमाथि मुद्दा चलाउन माग

५ कात्तिक, २०७७ काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले आयोगको सिफारिस अनुसार मानवअधिकार उल्लंघनका दोषीलाई मुद्दा चलाउन माग गर्नुभएको छ ।

आयोगले सिफारिस गरेका व्यक्तिमाथि अनुसन्धान गर्नका लागि भएपनि मुद्दा चलाउनुपर्ने निवर्तमान अध्यक्ष शर्माको जोड छ । अन्तिम फैसला अदालतले गर्ने भएपनि मुद्दा चलाए दण्डहीनता अन्त्य हुने शर्माले बताउनुभयो ।

आयोगले सिफारिस गरेपनि सरकारले कार्यान्वयन गर्ने गरेको छैन, त्यसैले निवर्तमान अध्यक्ष शर्माले यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गर्नुभएको हो ।

पछिल्लो पटक आयोगले २०५७ जेठदेखि २०७७ असारसम्म भएका विभिन्न घटनामा मानवअधिकारको उल्लंघन गर्ने २ सय ८८ जनाको नाम सार्वजनिक गरी कारवाहीका लागि सिफारिस गरेको छ ।

जिल्ला अदालतबाट छिनिएका कतिपय जघन्य अपराधका सरकारवादी मुद्दामा अपिल नहुने गरी फैसाला गर्ने र मिलापत्र गराउने गरेकोमा पनि निवर्तमान अध्यक्ष शर्माले असन्तुष्टि व्यक्त गर्नुभयो । गम्भिर प्रकृतिका मुद्दामा मिलापत्र गराउनेमाथि कारवाही हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

संविधानले मानवअधिकारको अवधारणालाई प्रष्टसँग स्थापित गरेपनि त्यसलाई अपनत्व लिनेगरी कसैले पनि काम गर्न नसकेको शर्माको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *