आर्थिक

उद्योग वाणिज्य महासंघमा ढकाल समूहको उम्मेदवारी दर्ता

हिमालय टिभी
२०७७ कार्तिक ५ गते १५:१४
उद्योग वाणिज्य महासंघमा ढकाल समूहको उम्मेदवारी दर्ता

५ कात्तिक, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदावारी दर्ता गर्नुभएको छ ।

महासंघको केन्द्रीय कार्यालय टेकू पुगेर ढकालसहित उहाँको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारले मनोनउन दर्ता गराएका छन् । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैतमा हुनुपर्ने साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण रोकिएको थियो ।

पटकपटक मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको छैन ।

उम्मेदवारले आजदेखि मंसिर ४ गतेसम्म मनोनयन दाखिला गर्न सक्नेछन् । दाखिला इमेलबाटै पनि उम्मेदवारी दर्ता गर्न सकिने र त्यसको सक्कल कागजात मंसिर ४ गतेभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *