Political Hightlights

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा

हिमालय टिभी
२०७७ कार्तिक ५ गते १२:५१
विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा

५ कात्तिक, २०७७ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै विप्लव समूहले कातिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते जुलुस निकाल्ने विप्लवले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सबै कोरोना संक्रमितको निःशुल्क परीक्षण गर्न र उपचारको व्यवस्था गर्न विप्लव समूहले माग गरेको छ ।

महामारीमा ज्यान जोखिममा राखेर काम गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मीलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न विप्लवको समूहले माग गरेको छ ।

वर्तमान सरकार जनता र राष्ट्रप्रति हदैसम्म गैरजिम्मेवार बनेको विप्लवको आरोप छ । सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषय अझै जटिल बन्दै गएको पार्टीले निष्कर्ष निकालेको छ ।

जनतालाई राहत दिनुपर्ने बेलामा न्यूनतम दायित्वबाट समेत सरकार पन्छिने कार्यले सरकार जनताप्रति संवेदनशील छैन भन्ने पुष्टि भएको प्रतिबन्धित नेकपाको टिप्पणी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्