Main News

के हुन्छ पीसीआर रिपोर्ट बेलैमा नआउँदा ? मानसिक तनावमा सर्वसाधारण (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ४ गते २०:२३
के हुन्छ पीसीआर रिपोर्ट बेलैमा नआउँदा ? मानसिक तनावमा सर्वसाधारण (भिडियोसहित)

४ कात्तिक, २०७७ काठमाडौं । आफूमा कोरोना संक्रमण छ छैन भन्ने निर्क्यौल गर्न पीसीआर परीक्षण अत्यन्तै आवश्यक छ । तर पीसीआर परीक्षणको नतिजा समयमा नआउँदा नागरिक हैरान भएका छन् । पीसीआर परीक्षणको नतिजा आउन किन ढिला भइरहेको छ त ?

प्रयोगशालाहरुको दावी छ– कोरोना परीक्षणका लागि स्वाब दिएको २४, ४८ वा ७२ घण्टासम्म रिपोर्ट आइपुग्छ । तर व्यवहारमा भने त्यस्तो देखिन्न । स्वाब दिएको केही दिनमै परीक्षणको रिपोर्ट आउँछ भनेर कुरेर बसेकाहरु हप्ता दिनसम्म पनि रिपोर्ट नआउँदा, मानसिक तनाव झेल्न बाध्य छन् ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै अहिले अस्पताल र प्रयोगशालामा पीसीआर परीक्षण गर्नेको भिड बढ्दो छ । प्रयोगशाला चाप थेग्न सक्ने अवस्थामा छैनन् । केही समय अघि परीक्षण गर्न थोरै मात्रै आउने गरेका थिए । त्यतिखेर प्रयोगशालालाले समयमै रिपोर्ट पनि दिएका थिए । तर अहिले अवस्था फेरिएको छ । अस्पतालहरुले समयमै रिपोर्ट दिन सकिरहेका छैनन । चाहेर पनि गर्न नसकेको अस्पतालहरुको प्रष्टिकरण छ ।

अधिकांश अस्पताल र प्रयोगशालाले समयमै रिपोर्ट नदिदाँ स्वाब दिएका व्यक्ति के गर्ने भन्ने अन्योलमा छन् । स्वाब दिएपछि होम आइसोलेसनमा बस्नुपर्ने भनिए पनि अधिकांश आइसोलेसनमा बसेका छैनन् । बसेकाहरु पनि समयमा नै रिपोर्ट नआएपछि बाहिर निस्किएका छन् । स्वाब दिएको लामो समयसम्म रिपोर्ट नआउँदा र स्वाव दिएकाहरु पनि होम आईसोलेसनमा नबस्दा कोरोना संक्रमितको संख्या अझै बढ्ने र स्थिती सोचेभन्दा अप्ठ्यारो हुने विज्ञको चेतावनी छ ।

देशभर गरेर अहिले सरकारी र निजी गरी ६२ वटा प्रयोगशालमा कोरोना परीक्षण हुन्छ । क्षमता अनुसार परीक्षण गरेपनि क्षमता भन्दा बढि स्याम्पल आउँदा प्रयोगशालाले समयमै परीक्षण रिपोर्ट दिन सकेका छैनन् । कतिपय अवस्थामा गलत रिपोर्ट पनि आउने गरेको छ । यो अवस्थामा सरकारले प्रयोगशाला र क्षमता बढाउनुका साथै भएका जनशक्तिको प्रयोग गर्नुको विकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *