Political Hightlights

डाक्टर बाबुराम भट्टराई जसपाको संघीय परिषद् अध्यक्ष

हिमालय टिभी
२०७७ कार्तिक ४ गते १७:०८
डाक्टर बाबुराम भट्टराई जसपाको संघीय परिषद् अध्यक्ष

४ कात्तिक, २०७७ काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाएको छ ।

केन्द्रीय कार्यकारिणी समिति बैठकले पूर्वप्रधानमन्त्री भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको नेता रामसहायप्रसाद यादवले जानकारी दिनुभयो ।

बैठकले भट्टराईको नेतृत्वमा ५ सय ९७ सदस्यीय संघीय परिषद् बनाएको छ । परिषद् केन्द्रीय समितिभन्दा माथिल्लो निकाय पनि बनेको छ।

विधान संशोधन गर्दै जसपाले केन्द्रीय कार्यकारिणी समिती संघीय परिषद्को मातहत रहने निर्णय गरेको छ । बैठकले केन्द्रीय समितिको आकार बढाएर ८ सय १ सदस्यीय पुर्‍याएको छ ।

पछिल्लो निर्णयसँगै भट्टराईको वरियता सबैभन्दा माथि भएको छ । जसपाको केन्द्रीय समिति अध्यक्षमा महन्थ ठाकुर, उपेन्द्र यादव हुनुहुन्छ । त्यसैगरी पार्टीको वरिष्ठ नेतामा अशोक राई र राजेन्द्र महतो हुनुहन्छ । डा। भट्टराई यसअघि वरिष्ठ नेता हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्