Main News

प्रहरी जवान साउदको शव पनि मोहना नदीमै फेला, सामूहिक आक्रमण भएको आशंका

हिमालय टिभी
२०७७ कार्तिक ४ गते १२:४७
प्रहरी जवान साउदको शव पनि मोहना नदीमै फेला, सामूहिक आक्रमण भएको आशंका

४ कात्तिक, २०७७ कैलाली । कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव पनि भेटिएको छ ।

शनिबार बेलुकादेखि बेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला परेको हो । असई गोविन्द विकको शव भन्दा ३ मिटर तल प्रहरी जवान साउदको शव भेटिएको प्रहरीले जनाएको हो ।

शनिबार बेलुका नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान साउद बेपत्ता भएका थिए । आइतबार बिहान नेपाल–भारत सीमास्थित मोहना नदीमा असई विकको शव फेला परेको थियो ।

यसैबीच, असई विक र जवान साउदको हत्याको अनुसन्धान निष्कर्ष नजिक पुगेको प्रहरीले जनाएको छ । सम्भवतः आज साँझसम्म तथ्यसम्म पुगिने प्रहरीको विश्वास छ ।

हालसम्मको अनुसन्धानले विक र साउदमाथि सामूहिक रुपमा आक्रमण भएको देखिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *