Main News

कोरोना संक्रमित परीक्षार्थीले पनि लोक सेवा परीक्षा दिन पाउने

हिमालय टिभी
२०७७ कार्तिक ३ गते १७:०६
कोरोना संक्रमित परीक्षार्थीले पनि लोक सेवा परीक्षा दिन पाउने

३ कात्तिक, २०७७ काठमाडौं । कोरोना सङ्क्रमित परीक्षार्थीले पनि लोक सेवाको परीक्षा दिन पाउने भएका छन् ।

लोक सेवा आयोगले आज सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ को बुँदा ८ ९१० निलम्बन गर्ने गरेर सङ्क्रमित व्यक्तिले पनि परीक्षा दिन पाउने बनाएको हो ।

यसअघि आयोगले मापदण्ड सार्वजनिक गर्दै ‘परीक्षार्थी कोरोना सङ्क्रमण भए वा नभएको स्वयमले घोषणा गर्नु पर्ने र सङ्क्रमित परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने भनेकोमा सर्वोच्च अदालतको आदेशअनुसार आयोगको बैठकले नयाँ व्यवस्था गरेको हो ।

यसैबीच आयोगले कात्तिक १६ गतेदेखि लिने सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगले आज सूचना निकालेर कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारमा सिर्जना भएको भय र आयोगका कर्मचारीमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले निकालेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *