Main News

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण

हिमालय टिभी
२०७७ कार्तिक ३ गते १७:०३
भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण

३ कात्तिक, २०७७ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई पनि कोरोना संक्रमण भएको छ ।

आजको पीसीआर परीक्षण रिपोर्टमा कोरोना पोजिटिभ देखिएको मन्त्री नेम्बाङले जानकारी दिनुभयो ।

उहाँले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गर्नुभएको छ । कोरोना संक्रमित हुने नेम्वाङ तेस्रो संघीय मन्त्री हुनुहुन्छ ।

यसअघि पर्यटनमन्त्री योगेश भट्टराई र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई संक्रमण भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *