Main News

कात्तिक १६ गतेदेखि हुने भनिएको लोक सेवाका सबै लिखित परीक्षा स्थगित

हिमालय टिभी
२०७७ कार्तिक ३ गते १४:३१
कात्तिक १६ गतेदेखि हुने भनिएको लोक सेवाका सबै लिखित परीक्षा स्थगित

३ कात्तिक, २०७७ काठमाडौं । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सबै लिखित परीक्षा स्थगित गरेको छ ।

आयोगले आज एक सूचना निकालेर कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारमा सिर्जना भएको भय र आयोगका कर्मचारीमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकाले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको आयोगले निकालेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *