Main News

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट अहिलेसम्म ५० जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक ३ गते ७:३८
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट अहिलेसम्म ५० जनाको मृत्यु

३ कात्तिक, २०७७, गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् ।

गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ७८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

प्रदेशमा हालसम्म कुल ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *